Dhulikhel Eco Banner new

ङादी ग्रुप पावरको अवितरित हकप्रद शेयर लिलामीमा

4.75K
shares

काठमाडौं, २६ भदौ । ङादी ग्रुप पावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको छ । कम्पनील अगि नै निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेपछि शेयर लिलाम बिक्री गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारण समूहतर्फको १२ लाख ५७ हजार २९० कित्ता शेयर लिलाम बिक्री गर्ने भएको छ । सो शेयर खरिदका लागि असोज २ गतेदेखि १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

लगानीकर्ताले शेयर खरिदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा १० अंकले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। शेयरको न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलकबोल पेश गर्नु पर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल र सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट बोलपत्र आवेदन दिन सक्नेछन् ।