श्रृजनशील लघुवित्तको आईपीओ भोलि बाँडफाँट हुने
वि.सं.२०७९ भदौ २६ आइतवार ११:५५
shares

काठमाडौं, २६ भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि अर्थात सोमबार बाँडफाँट हुने भएको छ । ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार काठमाडौंको कमलपोखरीस्थित कार्यालयमा आईपीओ बाँडफाँट हुने छ । कम्पनीको आईपीओमा मागभन्दा ५६ दशलमव ८७ गुणा बढी आवेदन परेको छ । यस आधारमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यस कम्पनीको आईपीओ ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउनेछन् ।
कम्पनीको आईपीओमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म कुल ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
कुल कित्तामध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयर एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।















