धनुषामा एक महिलाको शव फेला, बलात्कारपछि हत्याको आशंका
वि.सं.२०७९ भदौ २८ मंगलवार १४:३६
shares

काठमाडौं, २८ भदौ । धनुषाको शहिदनगर नगरपालिका ३ यदुकोहामा मंगलबार बिहान एक महिलाको शव फेला परेको छ ।
यदुकोहास्थित बाँसको झाडीमा अन्दाजी २६ वर्षीया महिलाको शव फेला परेको हो ।
मृतक महिला स्थानीय अरुण दासकी श्रीमती बबित्यादेवी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी सोमबार राति गाउँमै सांस्कृतिक कार्यक्रम हेर्न गएकी थिइन् ।
आज बिहान अर्धनग्न अवस्थामा उनको शव फेला परेकोले बलात्कारपछि हत्या गरिएको स्थानीयले आशंका गरेका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
उनका अनुसार पोस्टमार्टम रिपोर्ट नआएसम्म उनको मृत्यूबारे केही भन्न नसकिने बताए ।

















