२१ अंकले बढ्यो नेप्से परिसुचक, कारोबार रकम भने न्युन
वि.सं.२०७९ भदौ २८ मंगलवार १५:२८
shares

काठमाडौं, २८ भदौ । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक २१ दशमलव ३० अंकले बढेको छ ।
केही समययता लगातार ओरालो लागेको शेयरबजारमा आज भने उकालो लागेको हो । मंगलबार नेप्से परिसुचक १ दशमलव ११ प्रतिशतले वृद्धि भई १९३४ दशमलव ०४ बिन्दुमाा आईपुगेको हो ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८३ अंकले बढेको छ । आज दिनभर भएका २० हजार ५ सय २० कारोबारबाट २३१ कम्पनीका ३१ लाख ४६ हजार ९ सय ९६ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ९२ करोड २५ लाख ७४ हजार ४ सय १० पुगेको छ ।















