Dhulikhel Eco Banner new

मिटरब्याज पीडित माथि कठोर बन्दै सरकार (भिडियो सहित)

5.66K
shares

काठमाडौं, भदौ २८ । मिटरब्याज पिडितहरु माथि लगातार रुपमा प्रहरीले दमन गरिरहेको छ । विदेशी पाउन आएको बाहानामा प्रहरीले उनीहरु माथि निरन्तर धरपकड गरिरहेको हो ।

सोमबार किर्तिपुरबाट माइतीघर मण्डला आउनै नदिएको प्रहरीले मंगलबार माइतघर मण्डलामा आएका पिडितलाई पक्राउ गरेको हो । चर्को ब्याज लिएर साहुले घरखेतसमेत हडपेपछि न्याय खोज्दै नवलपरासी लगायत जिल्लाबाट आउका उनीहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

पिडितहरुले भने आफ्नो माग पुरा नभएसम्मका लागि आन्दोलन जारी रहने बताएका छन् । ज्यान गुमाउनु परे पनि आन्दोलनबाट पछि नह्टे उनीहरुको भनाइ छ । चिनिया जनकंग्रेसका अध्यक्ष ली चान्सु नेपाल आउने भए पनि सडक खालि गराएर सहज रुपमा लीलाई गन्तव्यमा पुर्‍याउनका लागि सरकाले सोमबार उनीहरुलाई किर्तिपुरबाट यता आउनै दिएको थिएन । मंगलबार पनि ली को सवारी हुने भएका कारण उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

भिडियो