Dhulikhel Eco Banner new

वित्तीय संस्था संघको अध्यक्षमा श्रेष्ठ

741
shares

काठमाडौं, ९ असोज । नेपाल वित्तीय संस्था संघको ३०औँ तथा ३१औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले संघको विगतका गतिविधि तथा प्रगतिको समीक्षा गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

साधारणसभाबाट सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोजोज मान श्रेष्ठ संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नेपाल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा महासचिवमा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यमा गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानिन्द्र इवाह्राङ र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल जोशी निर्वाचित भएका छन् ।

संघले विगतको कार्यकालमा संघलाई थप सुदृढ, प्रभावकारी र संस्थागत रूपमा अघि बढाउन निवर्तमान अध्यक्ष सुनिल पन्तले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरेको छ ।

नवनिर्वाचित कार्यसमितिले वित्तीय संस्थाबीचको समन्वय, सहकार्य र संस्थागत एकता थप सुदृढ बनाउने तथा सदस्य संस्थाका साझा विषय र समस्यालाई सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने जनाएको छ ।

साथै, वित्तीय क्षेत्रको समग्र विकासका लागि नेपाल राष्ट्र बैंक, नेपाल सरकार तथा अन्य सरोकारवाला निकायसँग थप प्रभावकारी र रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।