सानिमा क्यापिटलको साधारणसभा असोज २६ गर्ने निर्णय
वि.सं.२०७९ भदौ २९ बुधवार १०:०३
shares

काठमाडौं, २९ भदौ । सानिमा क्यापिटलको सातौं वार्षिक साधारणसभा गर्ने भएको छ । भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा असोज २६ गते बस्ने निर्णय गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सममार्ग, नक्साल–१, काठमाडौंको सभाकक्षमा अपरान्ह ४ः०० बजे बस्नेछ ।
उक्त सभामा कम्पनीले शेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १५ दशमलव ७८९ प्रतिशतले हुन आउने ३ करोड ९४ लाख ७३ हजार ६८४ बराबरको नगद लाभांश वितरण गर्नेछ, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफल गर्नेछ ।















