Dhulikhel Eco Banner new

मुकुन्द शर्माको ‘शब्दशिविर’ लोकार्पण

7.23K
shares

काठमाडौं, ३ असोज । गितकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्ध संग्रह ‘शब्दशिविर’ लोकार्पण भएको छ । २५ वटा निबन्ध रहेको शब्दशिविर निबन्ध संग्रह सोमबार एक कार्यक्रमका बीचमा लोकापर्ण गरिएको हो ।

ललितपुरको लिट्टल एन्जल्सका विद्यालयका प्रधानाध्यापक रहका शर्माको निबन्ध संग्रह राज्यमन्त्री उमेश श्रेष्ठले विमोचन गरेका हुन् । गितकारको रुपमा चिनेको शर्माले निबन्ध संग्रह प्रकाशन गर्दा आफुलाई अत्यन्तै खुसी लागेको राज्यमन्त्री श्रेष्ठको भनाइ थियो । ३४ वर्षदेखि निरन्तर रुपमा विदालयको नेतृत्वमा रहेका शर्माको योगदान विर्सन नसकिने श्रेष्ठले बताए ।

निबन्धकार शर्माले २०४७ सालमा मधुपर्कमा पहिलो निबन्ध प्रकाशित भएपछि आफुलाई लेखन कार्यमा थप उर्जा मिलेको बताए । ‘मेरो विद्यार्थी एवं कामना न्युज पब्लिकेशनका प्रमुख कार्यकारी अधिकृत प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठसँग कफीसपमा भेट भएपछि उनले दिएको उक्साहटबाट आफुले निबन्ध संग्रह प्रकाशन गरी विमोचन गर्न पाएकोमा खुसीलागेको उनले सुनाए ।

निबन्ध संग्रह तयार गर्नेक्रममा विद्यालयका संस्थापक एवं राज्यमन्त्री श्रेष्ठ, विद्या लिम्बु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फत्तेबहादुर लिम्बु, विद्यालयका निर्देशक राजेश श्रेष्ठ, दाजु हरिहर शर्मा प्रकाशक कामना न्युज पब्लिकेशनका दिरेकलाल श्रेष्ठ र परिवारको सदस्यको कारण निबन्धले सार्थकता पाएको उनले सुनाए ।