महिलाको शव फेला

वि.सं.२०७९ वैशाख २७ मंगलवार १०:४२
1.58K
shares
shares

काठमाडौं,२७ वैशाख । रुकुम पूर्व मा एक महिलाको शव फेला परेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो ।
सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए । शव परीक्षणका लागि रुकुम पूर्व अस्पताल ल्याइँदैछ ।
शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।