Dhulikhel Eco Banner new

सिन्धुपाल्चोकमा छ पदका लागि ६१ जनाले दिए उम्मेदवारी

4.54K
shares

काठमाडौं, २४ असोज । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार लागि ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा २८ र प्रदेशसभामा ३३ जनाले उम्मेदवारी दिएका छन् । विभिन्न दल र स्वतन्त्रसमेत गरी प्रतिनिधिसभा क्षेत्र नं १ मा १४ र प्रतिनिधिसभा क्षेत्र नं २ मा १४ जनाको उम्मेदवारी दर्ता भएको हो । तीमध्ये प्रतिनिधिसभा क्षेत्र नं १ मा तीन र प्रतिनिधिसभा क्षेत्र नं २ मा तीन गरी छ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रदेशसभातर्फ भने ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताए । प्रदेशसभा–१ कमा नौ, प्रदेशसभा–१ खमा छ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये प्रदेशसभा खमा एक जनाले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय चौताराका सूचना अधिकारी राजकुमार चौधरीले जानकारी दिए । प्रदेशसभा–२ क मा नौ र खमा नौ जनाको उम्मेदवारी परेको हो । तीमध्ये कमा दुई र ख एक गरी तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका उनले जानकारी दिए ।