Dhulikhel Eco Banner new

सानिमा माई हाइड्रोपावरको साधारणसभा कात्तिक २ गते

4.17K
shares

काठमाडौं, १ कात्तिक । सानिमा माई हाइड्रोपावर लिमिटेडले ११ औं वार्षिक साधारणसभा बुधवार कात्तिक २ गते हुने भएको छ ।

कम्पनीले सभा स्मार्ट दरबार ब्याक्वेंट धुम्बाराही, काठमाडौंमा गर्ने जानकारी दिएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/ ८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असोज ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।