Dhulikhel Eco Banner new

खेतमा सिँचाइको सुबिधा पुगेपछि …

4.64K
shares

काठमाडौं, ३ कात्तिक । धनुषाको सबैलाका किसान श्यामदेव यादवलाई यसपटक धानखेतीका समयमा सिँचाइको खासै समस्या भएन ।

विगतमा आकाशे पानीको भरमा खेती गर्दै आएका उनलाई यस वर्ष धेरै वर्षा नभए पनि धानखेतीका लागि चाहिने सिँचाइका लागि समस्या भएन । किसानलाई सिँचाइ सुविधा पुरयाउने उद्देश्यले कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइ नहर प्रणालीअन्तर्गत सिँचाइ सुविधा पुरयाएपछि किसान यादवले बर्सेनि धानबाली लगाउने बेलामा भोग्दै आएको सिँचाइको समस्याबाट छुटकारा पाएका छन ।

“अघिल्लो वर्षहरुमा खेती गर्न सिँचाइको ठूलै समस्या भोग्नुपर्दथ्यो”, उनले भने, “तर यसपालि कुलोमा समयमै पानी आयो, त्यसैले समयमै धान खेती गर्न भ्याइयो ।” पहिलाको जस्तो यसपालि खेती गर्न पानीको कुनै समस्या भएन उनको भनाइ थियो । विगतमा धानखेतीयका लागि वैकल्पिक सिँचाइको भर पर्नुपर्ने समस्या भोग्दै आएका सिरहाको औरहीका किसान असर्फी साहले पनि यसपालि धानखेतीका लागि पानीको कुनै समस्या नभएको बताए ।

“सिँचाइ सुविधा नहुँदा खेतीपातीको लागि पहिला पहिला कि त आकाशे पानीको भर पर्नुपर्दथ्यो कि विद्युतीय मोटर वा अन्य वैकल्पिक सिँचाइको व्यवस्था गरेर खेती गर्नुपर्दथ्यो”, उनले भने, “तर यसपालि कुलोमा पानी आएपछि सहजरुपमा सिँचाइ गर्न पाएँ ।” अब सायद हामीलाई सिँचाइ गर्न पानीको खासै समस्या हुँदैन होला, उनको विश्वास छ ।