GBIME

‘व्यवसायीको हालत खराब छ, यस्तो बेलामा नेताहरु चन्दा माग्छन्’

2.77K
shares

पछिल्ले समय देशको अर्थतन्त्र समस्यामा छ । खासगरी बैंक तथा वित्तीय संस्थामा देखिएको लगानी योग्य रकम (तरलता) अभावका कारण निजी क्षेत्रले निकै अप्ठ्यारो महशुस गरिरहेको छ । एकातिर अर्थतन्त्रमा यस्तो समस्या छ, अर्को तर्फ देशमा चुनावी माहोल छ ।

निजी क्षेत्रका सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघकाे मधेश प्रदेश अध्यक्ष गणेश लाठ अहिलेको चुनावका कारण उद्योगी/व्यवसायीहरु थप समस्यामा रहेको बताउछन् । निर्वाचनमा होमिएका उम्मेदवारहरुले व्यवसायीहरुसँग चन्दा मागेर थप तनाव दिएको उनले बताए । प्रस्तुत छ, यसै सन्दर्भमा महासंघकाे मधेश प्रदेश अध्यक्ष लाठसँग केटिएम भ्वाइसका लागि युकला पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

अहिले उद्योग व्यवसायको अवस्था कस्तो छ ?

अहिले उद्योग व्यवसायको अवस्था कठिन छ । बैंकहरुले लागु गरेको नीतिका कारण व्यवसाय संचालन गर्न गाह्रो परेको छ । बैंकले ब्याजदर बढाएको छ, नयाँ लगानी छैन ।

मौद्रिक नीतिले तोके अनुसार चालु पुँजी रकम जति लिएका छौं, त्यसको ८० प्रतिशतले कमीले फिर्ता गर्नुपर्ने हुन्छ । तर, अहिले व्यापार छैन । लगानी भएको रकम उठेको छैन । व्यवसाय जम्मा २५ प्रतिशत छ ,अनि फिर्ता गर्नुपर्ने छ । ८० प्रतिशतले गर्दा हामीलाई व्यवस्थापन गर्न निकै कठिन रहेको अवस्था छ ।

बैंकको ब्याजदर बढेको छ, ऋण पनि सहजै पाउन नसक्ने अवस्था बनेको छ । यसको असर निजी क्षेत्रलाई कत्तिको परेको छ ?

यो बैंकको ब्याजदरको असर मूख्य गरेर निजी क्षेत्रलाई नै हो सबैभन्दा बढी पर्ने । किनकी बैंकको लोनको आधारमा चलेको आधाभन्दा धेरै व्यवसाय । पहिले पहिले सजिलै लोन लिन सकिन्थ्यो । व्यवसायहरु पनि चलायमान थिए । हामीलाई पनि लोन तिर्न समस्या हुदैनथ्यो ।

तर, अहिले धेरै अप्ठ्यारो भएको छ । पहिला म ६ प्रतिशतमा लोन पाउथे भने अहिले १४ प्रतिशत तिनुपर्छ । यसले गर्दा हामीलाई डबल चुनौती भएको छ । एक यस्तो अवस्थाामा व्यवसाय चल्दैन, अर्को पहिलेभन्दा डबल ब्याज तिर्नु परेको छ । यसले गर्दा अहिले धरै गाह्रो भएको छ । जसलाई कानुनको मतलव छैन, नीति नियमको वास्ता छैन उनीहरुलाई सजिलौ भएको छ । हामी नियमको दायरामा रहेर काम गर्नेहरुलाई गाह्रो भएको छ ।

निजी क्षेत्रका समस्याहरु भनेको बैंकको ब्याजदरबाहेक अरु केके छन् ?

अरु धेरै छन् टेक्निकल समस्याहरु । अब बजारमा गएका उधारो पैसाहरु जुन समय उठेका छैनन् । यसका लागि हामीले बैंकको वा सरकारको कुन निति अपनाएर उठाउने ? बैंकहरुले त एउटा नितिका साथ मात्र कर्जा प्रवाह गर्छन तर हामीले कुन आधारमा प्रवाह र्ने यसको सैदान्तिक नियम के हो ?

कानुनी वयस्था छ र त्यही पैसा व्यापारीको माध्यमबाट बाहिर गयो र उठेन भने के गर्ने ? । अदालतमा मुद्दा हाल्ने हो एउटा उपाय भेको तर मुद्धा हालेको बीस वर्षसम्म फैसला नै हुदैन ।

कुनै कुनै मुद्दा त फैसला नै हुदैन बल्ल बल्ल भयो भने पनि त्यो बेलासम्म त्यो कर्जा लिने मान्छे मरिसकेको हसन्छ वा बतै भागिसकेको हुन्छ । यसको लागि निश्चित नियम आउनुपर्छ । यस्ता समस्याहरु धेरै छन् । वर्षका एक चोटी हामीले बैंकको कर्जा शुन्य बनाउनुपर्छ । त्यसका लागि मैले काहाँबाट पैसा लिएर आउनु व्यापार नचल्दा यस्ता भेरै समस्याहरु निम्तिन्छन् ।

तपाईको विचारमा बैंकको ब्याजदरका विषयमा सरकारले वा राष्ट्र बैंकले केही कदम चाल्नु पर्छ कि ?

अब हामीले बजारमा लगाएको कर्जा सुरक्षित गरियिोस । बैंकलाई जस्तै हामीलाई पनि केही न केही कालोसुची वा एउटा निश्चित मापदण्डको दायरा खडा गरिदियोस । बैंकसंग वा अर्को कुनै निकायसँग अघि बढेर समस्यामा परेको बेला या कर्जा नउठेको बेला समन्वय गरेर का मगर्ने वातावरण बनोस ।

यसरी कालोसूचीको जाने वित्तिकै उसको सबै कारोबार भन्दा बन्द हुन्छ । त्यसले गर्दा जो कर्जा लिने व्यक्ति पनि बेलैमा सचेत हुन्छ । अनि अर्को भनेको अहिले जुन तरलताको समस्या छ, सरकारले तरलताको उपलब्ध गराओस् ।

अभाव भयो भनिरहेको बेला अब कसरी यसकोे समाधान गर्न सकिन्छ त्यता ध्यानदिने हो । तरलताको मूख्य आधार भनेको रेमिट्यान्स हो । अहिले जुन रेमिट्यान्त्नस भित्र्याउदा ट्याक्स लिन्छ त्यो ट्याक्स लिने बरु अझ सहुलियत दिएर धेरै भन्दा धेरै रेमिट्यान्स भित्र्याउने हो अनि सहज हुन्छ वातावरण ।

अहिले मुलुक चुनावमा होमिएको छ, चुनावका कारण निजी क्षेत्रलाई कस्तो असर गर्ला ?

चुनावले पनि असर गर्छ । अहिले नेता कार्यकर्ता देखि लिएर सबै जनता चुनावमा होमिएका छन् । केही कुरा गर्नु परो भने पनि कसैले सुन्दैन । भोट माग्न सबै गाँउगाँउ पसेका छन् ।

सम्बन्धित निकायमा गयो भने पनि कोही भेटिदैन । अनि अर्को कुरा चुनावमा उठ्ने उम्मेद्वारहरुले आएर चन्दा माग्ने गर्छन् । हामीले यस्तो कठिन अवस्थामा कहाँबाट ल्याएर दिने ? एउटै क्षेत्रबाट ५० जति उठेका हुन्छन् सबैलाई चन्दा दिएर कसरी पार लाउने ? चुनावले पनि व्यवसायीलाई निकै असर पारेको छ ।

एफएनसीसीआईको चुनावको विषयमा पनि थोरै कुरा गरौं, आगामी नेतृत्व कस्तो चाहानु भएको छ ?

एफएनसीसीआईको नेतृत्व अब सवल चाहिन्छ । हाम्रा समस्याहरु सरकार समक्ष उठाउन सकोस् । माथि बसेर आफ्नो स्वार्थ मात्र होइन सबैको चौतर्फी विकासमा ध्यान दिने खालको नेतृत्व चाहियो ।

निजी क्षेत्रका समस्याहरुको बारेमा सरकारलाई दिशानिर्देश गर्न सक्ने खालको चाहियो । जसले समग्र नेपालको हित हुने खालको काम गर्न सकोस् ।