GBIME

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नबिल फ्लेक्सी क्याप निष्काशन गर्दै

1.15K
shares

काठमाडौं, ४ कात्तिक । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने भएको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी नबिल फ्लेक्सी क्याप फण्ड कात्तिक २३ गतेबाट निष्काशन गर्न लागेको हो ।

यो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईमध्ये न्यूनतम १ करोड १२ लाख वा कुला बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक र योजना व्यवस्थापकका लागि छुट्याइएको छ । जसमध्ये कोष प्रबद्र्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई रहेको छ ।

कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई सर्वसाधारणका लागि निष्काशन गर्नेछ । सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गर्न लागेको हो । सो इकाईका लागि कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति मंसिर ७ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।