Dhulikhel Eco Banner new

धान रोप्नेदेखि काट्नेसम्म तराई र भारतका श्रमिकको भर

5.08K
shares

काठमाडौं, ४ कात्तिक । रौतहटका उपेन्द्र पटेल प्रत्येक वर्ष यो सिजनमा धान काट्न चितवन आउछन । उनि यसरी नियमित आउन थालेको नौँ वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र गोड्न समेत उनि चितवन आउने गरेका छन ।

“यो वर्ष मात्रै तीन पटक चितवन आएँ”, उनले भने, “काम सहजै पाइन्छ पैसा पनि राम्रै छ”, उनले भने । उनले रौतहटमा रहँदा उखु छिन्ने र आफ्नो घरायसी काम गर्दै आएको बताए । बिहीबार भरतपुर महानगरपालिका–१५ मङ्गलपुरमा धान काटिरहेको अवस्थामा भेटिएका उनले आफूहरु समूह नै बनाएर यहाँ आउने गरेको बताए ।

यसपटक आठ जनाको टोली आएको भन्दै उनले ठेक्कामा काम लिने र आएको पैसा बराबर बाँडफाँट गर्ने गरेको जानकारी दिए। “आजमात्रै एक बिघा जग्गाको रु २२ हजारमा ठेक्का लिएका छौँ । धान काट्ने, चुट्नेदेखि घर भित्र्याइ दिनेसम्मको जिम्मा हाम्रो हो”, उनले भने । आठ जनाले दुई दिनमा एक बिघाको सबै काम सक्ने उनको भनाइ छ ।

पटेलसँगै आएका सर्लाहीका लालबाबु झा पहिलोपटक धान काट्नका लागि चितवन आएको बताए । उनले काठमाडौँमा श्रमिकको काम गर्दै आएको र धान काट्ने यो समयमा पैसा राम्रो कमाइ हुने साथीहरुले भनेका कारण आएको बताए । उनले छठपर्वका लागि पैसाको जोहो हुने भएकाले पनि धान काट्न आउनुपरेको जानकारी दिए । उहाँले दुई÷चारदिन छठ मनाएपछि पुनः यहाँ आएर काम गर्ने बताए ।