एशिया फ्लेक्सी क्याप फण्डको नाफामा उल्लेखीय वृद्धि
वि.सं.२०७९ कात्तिक १४ सोमवार ११:३२
shares

काठमाडौं, १४ कात्तिक । एनआई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया नाफाले असोज महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार फण्डले असोज मसान्त सम्ममा ४५ लाख ३८ हजार नाफा कमाएको छ । यो नाफा भदौ महीनाको तु्लनामा भने ३१ प्रतिशत वृद्धि भएको हो । भदौ मसान्तसम्ममा फण्डले ३४ लाख ५१ ह्जार नाफा कमाएको थियो ।
असोज महीनामा फण्डको आम्दानी वृद्धि भएकाले नाफा बढेको हो । भदौ महीनामा फण्डको जम्मा आम्दानी ६७ लाख ७९ हजार रहेकोमा असोज महीनामा बढेर ९४ लाख ६५ हजार पुगेको हो ।
त्यसैगरी फण्डको एनएभी भने घटेको छ । भदौ मसान्तसम्ममा फण्डको एनएभी ९ दशमलव ९९ रहेकोमा असोज मसान्तमा ९ दशमलव ९६ कायम भएको हो । फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा २० करोड १४ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तसम्ममा २० करोड ४२ लाख थियो ।



















