GBIME

क्रिकेटर लामिछाने विरुद्ध मुद्दा दर्ता गर्ने तयारी

852
shares

काठमाडौं, १४ कात्तिक । क्रिकेटर सन्दीप लामिछाने बिरुद्ध आज सरकारी वकिलले मुद्दा दर्ता गर्ने तयारी रहेको छ ।

सन्दीपलाई १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो ।

सन्दीप लामिछाने २० असोजदेखि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध तीन पटकसम्म म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।