GBIME

आरएमडिसी लघुवित्तले कमायो तीन महिनामा १० करोड ८८ लाख

912
shares

काठमाडौं, २५ कात्तिक । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५४ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले गत आवमा ७ करोड ६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर १० करोड ८८ लाख पुगेको हो ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा ५४ प्रतिशत र खुद ब्याज आम्दानी ३७ प्रतिशत वृद्धि भएको छ ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा २२ दशमलव ७६ रहेकोमा चालू आवमा बढेर ३५ दशमलव ०९ पुगेको छ ।

त्यसैगरी कम्पनीको चुक्ता पूँजी १ अर्ब २४ करोड रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा १ अर्ब ९ करोड र शेयर प्रिमियममा १ अर्ब ८ करोड सञ्चित गरेको हो । त्यसैगरी कम्पनीको वितरणयोग्य नाफा ५ करोड ३२ लाख रहेको छ ।

त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २३ दशमलव ७७ गुणा,तरलता अनुपात ३ दशमलव १५ प्रतिशत र प्रतिशेयर नेटवर्थ २७५ दशमलव ३० रहेको छ ।