GBIME

सानिमा जिआईसीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त

786
shares

काठमाडौं, २५ कात्तिक । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त गरेको छ ।

कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समिति बैठकले शेयर रजिष्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त गरेको हो ।

अब कम्पनीको सम्पूर्ण अभिलेख राख्ने, दाखिला खारेज तथा नामसारी गर्ने र रोक्का राख्ने लगायतका कार्यहरू सानिमा क्यापिटलबाट हुनेछन् ।