Mangaldeep Aagarbatti
GBIME

अन्नपूर्ण–धौलागिरि पदमार्गले फेरिएको टिकोट गाउँ

1.24K
shares

काठमाडौं, २५ कात्तिक । विदेशी पाहुनासहित पहिलो पटक टिकोटहुँदै अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको भ्रमणमा आउनुभएका विश्व भेगन अर्गनाइजेशनका ज्याक टिकोटको प्राकृतिक सुन्दरता देखेर मख्ख परे ।

पदमार्गमा रहेका ज्याक यहाँको चिसो हावापानी, नजिकैबाट हिमालको दृश्यावलोकन, प्राङ्गारिक खाना, पदयात्रामा देखिने मनोरम दृश्यलगायतका कारण विदेशी पर्यटक टिकोटमा एक दिन बसेर यहाँबाट दृश्यावलोकन गर्न आकर्षित हुने उनले बताए ।

म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर सञ्चालनमा ल्याइएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने विदेशी तथा आन्तरिक पर्यटकको कारण टिकोट गाउँको मुहार फेरिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने यो गाउँ सडक सञ्जाल र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग दुवैबाट जोडिएपछि पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्दै गएको अन्नपूर्ण गाउँपालिकाका पूर्व उपाध्यक्ष केशमाया मगरले बताए ।

“पदमार्गले नछोउञ्जेलसम्म विदेशी पर्यटक भनेका कस्ता हुन्छन् भन्ने कुरा देख्नै नपाएका यहाँका बासिन्दा अहिले दिनहँ जसो पर्यटकलाई स्वागत गर्न पाउँदा मख्ख छन”, उनले भने, “गाउँमा होमस्टे (घरबास सेवा) सञ्चालन भएका छन्, स्थानीय उत्पादनको बिक्री बढेको छ, गाउँलेको आम्दानीमा वृद्धि भएको छ ।”

पाँच वर्षदेखिइको पदमार्गका रूपमा सञ्चालनमा ल्याइएको यस पदमार्गमा भ्रमणमा आउने पर्यटकको सङख््या बढ्दै गएको पदमार्गका व्यवस्थापक चित्र तिलिजा पुनले बताए । सामाजिक कार्यकर्ता महावीर पुनको पहल तथा लघुउद्यम विकास कार्यक्रमको आर्थिक सहयोगमा म्याग्दीका सात र पर्वतका दुई गाविसका ग्रामीण भेगलाई समेटेर सञ्चालनमा ल्याइएको पदमार्गमा जर्मन, अमेरिका, अस्ट्रेलिया, बेलायत, इजरायल, फ्रान्सलगायतका देशबाट बढी पर्यटक आउने गरेका छन् ।

पदमार्ग हुँदै देखिने धौलागिरि, अन्नपूर्ण, मनासलु, लाङटाङ लगायतका हिमालको मनोरम हिमशृङखला, प्राकृतिक सौन्दर्यता, मगर समुदायको रहनसहन, सामुदायिक भाव, पदमार्गमा भेटिने, चौँरीपालन, भेडापालन लगायतले पर्यटकलाई आकर्षण गरेको व्यवस्थापक पुनले बताए ।

पर्यटकबाट भित्रिएको आम्दानीबाट गाउँको सामुदायिक विकास, शिक्षा, स्वास्थ्य संस्था सञ्चालन, पर्यटन पूर्वाधार निर्माणलगायतमा खर्च गरिने भएकाले पनि पर्यटक उत्साहित बन्ने गरेका छन् । एक सातादेखि १० दिनसम्म पूरा गर्न सकिने पदमार्ग पिप्लेको घुमाउने तालबाट सुरु भई पर्वतको बाँसखर्क, डाँडाकटेरी हुँदै म्याग्दीको नागी, हम्पाल डाँडा, महरेडाँडा, टिकोट हुँदै खिवाङ र मोहरेडाँडा, घोरेपानी, खोप्रालेक, नारच्याङहुँदै भुरुङ तातोपानी पुगेर टुङगिन्छ ।

“गाउँमै सडक आएको छ,गाउँलेलाई सडकले सुविधा भएको छ भने घुम्न आउने पर्यटक पदमार्गमार्फत आवतजावत गर्ने गर्दछन” स्थानीय ६१ वर्षीया गङ्गा पुनले भन्नुभयो “गाउँमा यस्तो परिवर्तन आउला भनेर मैले त सपनामा पनि सोचेकी थिइन ।”

National life Banner
Dhulikhel Eco Resort 1200*100