GBIME

ङादी ग्रुप पावरको हकप्रद शेयर नेप्सेमा सुचीकृत

1.3K
shares

काठमाडौं, २५ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ङादी ग्रुप पावर लिमिटेडको १५० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । आज अर्थात कार्तिक २५ गते शुक्रबार सो शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार कम्पनीको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत भएको हो । शुक्रबार नेप्सेमा हकप्रद सूचीकृत भएसँगै उक्त हकप्रद आइतबारबाट नै दोस्रो बजारमा खरीद बिक्री गर्न सकिनेछ ।

हकप्रद निष्कासनका लागि बुकक्लोजको अघिल्लो दिनसम्म कायम रही हकप्रद खरिदका लागि आवेदन दिएका लगानीकर्ताको हकप्रद सो कम्पनीको सेयर रजिष्ट्रार मार्फत सम्बन्धीत सेयरधनीको हितग्राही खाता (डिम्याट) मा सिधै जम्मा हुनेछ ।

कम्पनीले गत साउन १८ गतेदेखि भदौ ७ गतेसम्म चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । सोही हकप्रद शुक्रबार सूचीकृत गराएको हो ।