Dhulikhel Eco Banner new

हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त

767
shares

काठमाडौं, १४ भदौ । हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त भएका छन् । शनिबार बसेको बैंकको सञ्चालक समिति बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो। सोही रिक्त पदमा अर्याललाई नियुक्त गरिएको हो।