GBIME

एभरेष्ट बैंकको मंसिर २६ गते साधारणसभा, केके छन् बिशेष प्रस्तावहरु ?

1.16K
shares

काठमाडौं, ३ मंसिर । एभरेष्ट बैंकको साधारणसभा मङ्सिर २६ गते हुने भएको छ । कम्पनीले लैनचौर ब्यान्क्वेटमा सभा गर्ने भएको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश गरि कुल २०.६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

सञ्चालक समितिको ३४५ औं बैठकले शेयरधनीहरुलाई निम्न बमोजिम बोनस शेयर तथा नगद लाभाशं प्रदान गर्न सिफारिश गरेकोले सो प्रस्ताव छलफल गरी पारित गर्ने, १३ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने बिशेष प्रस्ताव ७.६८प्रतिशत नगद लाभाशं (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्न गरेको सिफारिशलाई छलफल गरी पारित गर्ने प्रस्तावहरु रहेका छन् ।