मनाङमा ७० प्रतिशत मत खस्यो
वि.सं.२०७९ मंसिर ४ आइतवार १६:३९
5.95K
shares
shares
प्रतिकात्मक तस्विर
काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म यहाँ चार हजार सात सय ९१ मत खसेको हो । “दिउँसो सवा तीन बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ”, उनले भने ।
कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।

















