Dhulikhel Eco Banner new

दैलेख–२ (१) मा एमालेका शाह विजयी

4.08K
shares

काठमाडौं, ८ मंसिर । दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेशसभा १० बाट नेकपा एमालेका विनोदकुमार शाह विजयी भएका छन् । शाहले नेकपा माओवादी केन्द्रका योगेन्द्रबहादुर शाहीलाई ८६ मतले हराए ।

शाहले जम्मा खसेको मत २२ हजार दुई सय ८२ गणना गर्दा नौ हजार चार सय ६४ मत पाए । माओवादीेका शाहीले नौ हजार तीन सय ८१ मत प्राप्त गरे । प्रदेशसभामा निर्वाचित शाह पूर्वराज्यमन्त्रीसमेत छन् । यस्तै, राप्रपा पार्टीका ज्ञानेन्द्र शाहीले चार हजार ९० र नेमकिपाका जयबहादुर शाहीले तीन हजार दुई सय ५५ मत प्राप्त गरे ।