माछापुच्छ्रे क्यापिटलको साधारणसभा पुस १ गते, के-के छन् प्रस्ताव ?
वि.सं.२०७९ मंसिर ११ आइतवार १४:४६
5.23K
shares
shares

काठमाडौं, ११ मंसिर । माछापुच्छ्रे क्यापिटल लिमिटेडले पुस १ गते साधारणसभा आह्वान गरेको छ। क्यापिटलले बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा बालुवाटारमा सभा गर्न लागेको हो।
सभामा गत आर्थिक वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब विवरण लगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेश हुने छन्।
त्यस्तै सभामा चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति गर्ने , नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् ।



















