GBIME

नेप्से परिसुचक १५ अंकले घट्यो, आज १ अर्ब ४९ करोडको कारोबार

840
shares

काठमाडौं, १२ मंसिर । साताको दोस्रो कारोबारको दिन नेप्से परिसुचक १५ दशमलव ६१ अंकले ओरालो लागेको छ ।

हिजो सामान्य अंकले बढेको नेप्से परिसुचक आज भने ओरालो लागेको हो । सोमबार नेप्से परिसुचक शुन्य दशमलव ७९ प्रतिशतले घटेर १९५० दशमलव ३७ को विन्दुमा रोकिएको हो ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६५ अंकले गिरावट भएको छ। आज भएका २४ हजार ९ सय ५१ कारोबारबाट २३६ कम्पनीका ३७ लाख ६१ हजार २ सय ९९ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६ सय १३ पुगेको छ ।