GBIME

यी हुन् आज सबैभन्दा बढी कमाउने कम्पनी

972
shares

काठमाडौं, १२ मंसिर । साताको दोस्रो कारोबारको दिन नेप्से परिसुचक १५ दशमलव ६१ अंकले ओरालो लागेको छ ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६५ अंकले गिरावट भएको छ ।

आज भएका २४ हजार ९ सय ५१ कारोबारबाट २३६ कम्पनीका ३७ लाख ६१ हजार २ सय ९९ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६ सय १३ पुगेको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज नविल बैंकको ७ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ५ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।