GBIME

बाराही हाइड्रोपावरले आईपीओ जारी गर्दै

876
shares

काठमाडौं, १३ मंसिर । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मङ्सिर २१ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । स्थानीयहरुका लागि पहिले निष्काशन गरिएको आईपीओ बिक्री नभएपछि कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

स्थानीयलाई जारी गरिएको १ लाख ४ हजार कित्ता, र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरि कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा निष्काशन हुन लागेको हो ।

जसमध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागे छुट्याईएको छ भने ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको ५ लाख १५ हजार २ सय २० कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिन सक्नेछन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ । आईपिओमा मङ्सिर २६ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई कार्तिक ४ गतेदेखि कार्तिक २५ गतेसम्म आईपिओ निष्काशन गरेको थियो। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड हुने छ ।