Mangaldeep Aagarbatti
GBIME

‘सरकारले एक्सन लिनु पर्याे, व्यवसायीहरु मर्नु र बाँच्नुको अवस्थामा पुगिसके’

1.51K
shares

काठमाडौं, १२ मंसिर । नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षाले व्यवसायीलाई कुनै असर नगर्ने नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताएका छन् । केटिएम भ्वाइससँगको कुराकानीका क्रममा अध्यक्ष शर्माले यस्ता सामान्य परिवर्तनहरुले व्यवसाय चलायमान बनाउनका लागि खासै असर नगर्ने बताएका हुन् ।

सामान्य रुपमा बैंकको ब्याजदर घटाउने विषयले मात्रै अहिले तहसनहस भएको व्यवसायमा सकारात्मक प्रभाव पार्न नसक्ने उनको भनाइ छ । ‘समीक्षा गर्नका लागि गरिएको छ, व्यवसायीलाई समस्या भएका विषयमा केही पनि बोलेको अवस्था छैन्,’ उनेले भने । नीतिगत रुपमा नै सुधारको खाँचो रहेको बेला केही परिवर्तनले मात्रै खासै असर नगर्ने उनले बताए ।

अहिले राष्ट्र बैंकले स्प्रेडदर केही मात्रामा घटाउने निर्णय गरेको छ । तर त्यसको कार्यान्वयन हुनका लागि समेत निकै समय लाग्ने भएकाले यसले व्यवसायीहरुलाई कुनै फाइदा नहुने उनलको दाबी छ । यो समिक्षाले व्यवसायीको बैंकको लोन वा ब्याजदरलाई भने कुनै महत्व दिन नसकेको उनको भनाइ छ । व्यवसायीहले लिएको ऋण तिर्न नसकेको अवस्थामा यसको कुनै अर्थ नहुने पनि उनले बताएका छन् ।

बढेको ब्याजदरका कारण धेरै व्यवसाय बन्द भईसकेको अवस्था छ । यसबाट व्यवसायीहरु मर्नु न बाच्नुको अवस्थामा पुगेका छन् । यस विषयमा राष्ट्र बैंकले ध्यान दिन सकेको छैन् । यस तर्फ राज्यको ध्यान जाँन जरुरी रहेको उनले बताए । यो अवस्थामा मौद्रिक नीतिको समीक्षाले व्यवसायीलाई फाइदा पुग्ने देखिदैन् । व्यवसायीलाई बचाउनका लागि सरकारले तत्कालै एक्सन लिनु पर्ने देखिन्छ,’ उनले भने ।

व्यवसायीहरु मर्कामा रहेको समयमा बैंकहरु फाइदामा रहेका छन् । यसलाई नियन्त्रण गर्नका लागि राज्यको ध्यान जान जरुरी देखिन्छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100