मंसिरको चिसोमा दन्किरहेको थापाथलीको सुकुम्बासी बस्ती (भिडियोसहित)
वि.सं.२०७९ मंसिर १३ मंगलवार ०६:१५
shares

काठमाडौं, १२ मंसिर । काठमाडौं महानगरपालिकाको टोलि सुकुमबासी बस्ती हटाउन डोजर लिएर पुगेको थियो । तर डोजर लिएर गएको टोलिलाई सुकुमबासी बस्ती स्थानीयले ढुङ्गामुढा गरेर लखेटे ।
एका तर्फ महानरपालिकाको टोलि र प्रहरी रहेका थिए भने अर्को तर्फ प्रदर्शनकारी रहेका थिए । प्रर्दशनमा उत्रेकाहरुले टायर समेत बालेका थिए ।
थापाथलिको त्यो दृश्यले २०६३/०६३ को झझ्को दिइरहेको थियो । टायर बालेर प्रदर्शनमा उत्रेकाहरुले गृहमन्त्री र काठमाडौं महानगपालिकाका मेयरका विरुद्धमा नारा बाजी गरिरहेका थिए ।
सुरुमा बस्ती हटाउन पुगेको टोलिलाई त्यहाँका सुकुमबासीले लखेटेका थिए । सुकुमबासीले हानेको ढुङ्गाले लागेर काठमाडौ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी राजु पाण्डेको टाउको समेत फुटेको थियो ।
प्रदर्शनमा सहभागिहरुले आफू मरे पनि डोजर बस्तीमा प्रवेश गर्न नदिने बताइरहेका थिए । साँझसम्म पर्खेको महानगरको टोलि त्यतिकै फर्किएको छ ।



















