Dhulikhel Eco Banner new

मेगा बैंकको साधारणसभा पुस ७ गते, के-के छन् एजेण्डा ?

4.93K
shares

काठमाडौं, १५ मंसिर । मेगा बैंकले पुस ७ गते साधारणसभा गर्ने भएको छ । बैंकले सभा बिहान १० बजे राष्ट्रिय सभागृहमा गर्ने भएको हो ।

सभामा लाभांश, मर्जर, लगायतका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र ३.७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै सभामा आ.व.२०७८/८९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव हुने छन् ।

विशेष प्रस्ताव अन्तर्गत इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पेश हुने छ ।