Dhulikhel Eco Banner new

जनताको भावनाअनुसार अगाडि बढछु : मन्त्री कार्की

4.94K
shares

काठमाडौं, १५ मंसिर । सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा आज मुख्य निर्वाचन अधिकृत सुनसरीले आयोजना गरेको नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभाका पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले भने, “जनताले जुन उद्देश्य र विश्वास गरेर आफूलाई मत दिएका छन् त्यसलाई आजैको मितिदेखि कार्यान्वन गर्नका लागि अगाडि बढ्नेछु ।”

मन्त्री कार्कीले जनताले आफूमाथि गरेको विश्वास तथा भावनालाई अगाडि बढाउँदै क्षेत्रको विकास तथा जनताको अपेक्षालाई पूरा गर्ने बताए ।

उनले मुलुकको आर्थिक विकास, राजनीतिक स्थायित्व कायम गर्नका लागि अगाडि बढ्ने उल्लेख गरे । यस क्षेत्रमा रहेको विकास निर्माण, शिक्षा, स्वास्थ्य, भौत्तिक संरचना निर्माण लगायतको कार्य गर्नका लागि आफू प्रतिबद्ध रहेको बताए ।