सानिमा बैंकको लाभांश सुरक्षित गर्न आइतबासम्म म्याद
वि.सं.२०७९ मंसिर १६ शुक्रवार ११:२३
5.84K
shares
shares

काठमाडौं, १६ मंसिर । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार सम्म रहेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर १९ गते बुक क्लोज गरेसँगै मंसिर १८ गते आइतवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३ गते साधारणसभा बोलाएको छ । सभा आम्रपालि ब्याक्वेट बालुवाटार काठमाडौंमा हुनेछ ।



















