एनआईबिएलएस क्यापिटलमा डिम्याट र मेरो शेयर खाता नि:शुल्क खोलिने
वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:१६
shares

काठमाडौं, १६ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनअईबिएल एस क्यापिटल लिमिटेडले डिम्याट तथा मेरो शेयरको खाता निशुल्क खोल्न मिल्ने योजना ल्याएको छ ।
कुनैपनि ग्राहकवर्ग तथा लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्नबाट बञ्चित हुन नपरोस् भन्ने,उद्देश्यका साथ यस विशेष योजना ल्याएको हो ।
यस वर्ष पर्न आएको अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सबै फरक क्षमता भएका व्यक्तिहरुले, एनआइबिएल एस क्यापिटलबाट निशुल्क डिम्याट तथा मेरोसेयरको खाता खोल्न सक्ने कुरा क्यपिटलले जनाएको छ ।
एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्नो सेवा प्रवाहलाई झन्झट रहित सरल एवं सहज बनाउने उद्देश्य सहित हितग्राही खाता खोल्न तथा मेरो शेयर दर्ता विद्मुतिय प्रणाली मार्फत सहज रुपमा गरिरहेको जनाएको छ ।
उक्त योजनायहि मंसिर १६ गतेदेखि मंसिर १८ गते सम्मको लागिलागु हुने यस क्यापिटलले जनाएको छ ।
उक्त योजना अवधिभर एनआईबिएल एस क्यापिटल लिमिटेडमा डिम्याट तथा मेरोसेयरको खाता खोल्नुहुने फरक क्षमता भएका ग्राहकवर्गमध्ये बाट गोलाप्रथाद्वारा छनोट गरी ५ जना भाग्यशाली बिजेतालाई एनआईबिएल सहभागिता फण्डको १०० इकाई उपहार प्रदान गर्ने पनि क्यापिटलले जनाएको छ ।



















