Dhulikhel Eco Banner new

अधिकारकर्मी ओझालाई शान्ति सुरक्षा दिन आयोगको निर्देशन

6.29K
shares

काठमाडौं, २६ मंसिर । महिला अधिकारकर्मी जस्मिन ओझालाई शान्तिसुरक्षा दिन राष्ट्रिय महिला आयोगले निर्देशन दिएको छ ।

ओझाले पिडित विनु यादवको न्यायिक लडाईमा साथ दिदै आएको यसै क्रममा उनको ज्यान खतरामा रहेको भन्दै उनले आयोगमा निवेदन दिएकी थिइन् ।

आफूले विभिन्न हिंसापीडितहरूलाई सहयोग गरेको उल्लेख गर्दै ओझाले पीडक पक्षले आफूलाई डर धम्की दिँदै आएको उल्लेख गरेकी छन्

उनले महिला आयोगमा उनको र सम्पूर्ण परिवारको सुरक्षाको लागि शान्ति सुरक्षा प्रदान गरिदिन आयोगमा निवेदन दिएकी थिइन् ।

सोही पत्रअनुसार आयोगले ओझालाई सहजताको वातावरण सिर्जना गर्न शान्ति सुरक्षाको व्यवस्थापन गरिदिन जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएको छ ।