GBIME

आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा

822
shares

काठमाडौं, ४ पुस । आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा भएको छ । सिवाईसी नेपाल लघुवित्तसँग गाभिने प्रक्रियामा रहेको आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा भएको हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज पुस ४ गतेको निर्णय अनुसार आँधीखोला लघुवित्तको शेयर कारोबार फुकुवा भएको हो । अब कम्पनीको शेयर कारोबार भोलि मंगलबारदेखि गर्न सकिने भएको छ ।

नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।