GBIME

‘सबैले आत्मासाथ गर्ने क्यान निर्माण हाम्रो अभियान’

3.5K
shares

काठमाडौं, ४ पुस । क्यान महासंघको निर्वाचन नजिकै आइसकेको अवस्था छ । निर्वाचनले नयाँ कार्यसमिति चयन गर्ने छ । आगामी कार्यकालका लागि सबल र सक्षम नेतृत्वको आवश्यकता रहेको छ । आगामी कार्यकालका लागि मेरो प्रतिबद्वता सार्वजनिक गरेको छु ।

सबैले आत्मसाथ गर्ने किसिमको क्यान निर्माण हाम्रो अभियान हो । यसका लागि क्यानको अध्यक्षको जिम्मेवारीमा पुगे पछि शैक्षिक, औद्योगीक तथा सरकारी क्षेत्रमा रहेको ग्यापलाई न्यूनिकरण गर्नका लागि आवश्यक पहल गर्ने कुरामा मेरो प्रतिबद्धता रहने छ । त्यसका लागि कार्ययोजना तयार पारेर काम गर्नु पर्ने आवश्यकता रहेको छ ।

यसका साथै आईसीटी लगानी बोर्डको गठन गर्न पहल नभएको अवस्थामा मेरो प्राथमिकता त्यसतर्फ पनि हुनेछ । नेपाल बन्छ जब नेपाल बनाईन्छ भन्ने ‘सफ्टवयरबाट समृद्धि’ भन्ने मुल नारा सहित सरोकारवालासँग छलफल गरेर कार्यान्वयन गर्ने मेरो प्रतिबद्धता छ । यसका साथै सातै वटै प्रदेश कमिटिसँग सहकार्य गरेर सबै प्रदेश सरकारको मातहतमा रहने गरी आईटी अनुसन्धान विकास केन्द्र स्थापना गर्ने र सो संग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने गराउने प्रदेश कमिटी निर्कारण गर्ने ।

यसका साथै देशभरबाट पास गरेका विद्यार्थीलाई दक्ष जनशक्तिहरुको केन्द्रिकृत अभिलेख राखेर विभिन्न अभिमुखिकरण तालिमको आयोजना गर्ने मेरो योजना रहेको छ । यसका लागि विभिन्न ठाउँमा गोष्ठिको आयोजना गर्नु पर्ने देखिएकाले त्यस तर्फ पनि मेरो ध्यान जाने छ ।

त्यस्तै IT Bill (Proposed IT Act ) 2075 लाई संसदबाट अनुमोदन गर्न पहल गर्ने /गराउने, नेपालका विश्वविद्यालय अन्तर्गतका सम्पुर्ण IT का कार्यक्रमहरुलाई थप मजबुद बनाउने नीति ल्याउनका लागि सरकारसंग छलफल गरेर निमार्णका लागि मेरो कार्यकालमा लागि पर्ने छु ।

त्यस्तै सरकारी तवरबाट सम्पुर्ण नेपालका विश्वविद्यालयको केन्द्रिय विभागमा कम्तिमा एउटा IT Lab / Research Center निमार्णमा कार्यबिधि तयार पार्दै/संचालनमा ल्याउने निर्देशिका जारी गर्न सरकारसंग पहल गर्ने /गराउने, IT Park लाई यथाशिघ्र संचालनमा ल्याउन पहल गर्ने/ गराउने, National ICT Award पुनः संचालनमा ल्याउनेर थप बृहत बनाउन सरोकारवालाहरुसंग छलफल गर्ने /गराउने मुख्य कामहरु आफ्नो कार्यकालमा गराउने छु ।

CAN महासंग र राष्ट्रिय आविस्कार केन्द्र बिचमा सहकार्यका लागी पहल गर्ने/ गराउने, १ जिल्ला २ तालिमको अवधारणा अबलम्बन गर्दै बिभिन्न विधामा तालिम गोष्ठि/सेमिनार तथा अन्य कार्यक्रम संचालनमा गर्ने, IT मा महिलाको सहभागितामा बृद्धि गराउन “Smart cheli” कार्यक्रम संचालन गर्ने/ गराउने, CAN महासंगको आफनै भबन निर्माण गर्नका लागी सरकारी निकायसंग पहल गर्ने /गराउने र फरक क्षमता भएका IT मा कार्यरत दक्ष जनशक्तिलाई विमा कार्यक्रम ल्याउन पहल गर्ने ।