GBIME

मिर्मिरे लघुवित्तकाे शेयर नेप्सेमा सूचीकृत

1.04K
shares

काठमाडौं, ४ पुस । सोमवार नेप्सेमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर सूचीकृत भएको छ ।

यस कम्पनीले बुद्धज्योति लघुवित्त वित्तीय संस्थालाई प्राप्तिपश्चात कायम हुन आएको ९१ हजार २ सय कित्ता साधारण शेयर मिर्मिरे लघुवित्तको नामबाट सूचीकृत भएको हो ।

बुद्धज्योति लघुवित्तलाई यस मिर्मिरे लघुवित्तले १ः०.७६ अनुपातमा प्राप्ति गरेको थियो । यो शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरीदविक्री गर्न सक्नेछन् ।