GBIME

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

882
shares

काठमाडौं, ११ पुस । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात पुस १२ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले पुस २५ गते, सोमबार, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा.लि., मणिग्राम, रुपन्देहीमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले शेयर प्रिमियमसहित वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार १९८ रुपैयाँ ९० पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।