GBIME

तुल्सीपुरमा महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

1.18K
shares

काठमाडौं, १४ पुस । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले दाङको तुल्सीपुरमा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गरेको छ ।

पुस १२ गते इन्दु आचार्यको अध्यक्षतामा संचालित कार्यक्रमा स्थानीय जनप्रतिनिधि महिला तथा विभिन्न संघसंस्थामा आवद्ध ८० भन्दा बढी महिलाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले मुलुककाे विकासको लागि महिलाहरुलाई राेजगारी र आयआर्जनको कार्यक्रम सक्रिय गराउनु आवश्यक रहेको बताएका छन् ।

समानजमा पिछडिएका र कमजोर अवस्थामा रहेका महिलाहरुलाई राज्यले पनि अगाडि बढाउने निति लिएकोले नाफामुलक संघ संस्थाले त्यसमा सहयोग रसहकार्य गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

तुल्सीपुर कार्यालय प्रमुख टेकम धितालले संचालन गर्नु भएको कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले महिला सशक्तिकरणमा महालक्ष्मी लाईफले गर्ने कार्यक्रमको विषयमा प्रकाश पारेका थिए । कम्पनीका बजार प्रबन्धक यम लाल न्यौपानेले स्वागत मन्तव्य दिदै उपस्थित महिलाहरुलाई मनोबल उच्च बनाउन पनि आय आर्जन कार्यमा अघि बढ्न आग्रह गरेका छन् ।

सभापतिको आसनबाट इन्दु आचार्यले बैंक बीमा कम्पनी मध्ये महालक्ष्मी लाईफले पहिलो पटक ल्याएको महिला सशक्तिकरण कार्यक्रमको प्रशंसा गर्दै यस क्षेत्रको महिलाहरुको कार्यक्रममा पूर्ण सहयोग, सहकार्य हुने विश्वास दिलाइन् ।