GBIME

आज ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

1.46K
shares

काठमाडौं, १८ पुस । आज पुस १८ गते विभिन्न ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

आज सिभिल बैंक, आईसीएफसी फाइनान्स, सीवाईसी नेपाल लघुवित्त, पोखरा फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम म्याद रहेको हो ।

साधारणसभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेका ५ कम्पनीको आज पुस १८ गते लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

आज पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । साधारणसभाले पारित गरेपछि कम्पनीका शेयरधनीलाई लाभांश बितरण हुने छ ।