आज पाँच कम्पनीको शेयरमूल्य समायोजन
वि.सं.२०७९ पुस १९ मंगलवार १७:१४
shares

काठमाडौं, १९ पुस । मंगलवार नेप्सेमा पाँच कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले साधना लघुवित्त वित्तीय संस्था ,मुक्तिनाथ विकास बैंक,मिर्मिरे लघुवित्त वित्तीय संस्था,हिमालयन डिष्टीलरी र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो ।
साधना लघुवित्तको नेप्सेले १९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. ९०४ दशमलव २० तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू.१ ह्जार ७६ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
त्यस्तै मुक्तिनाथ विकास बैंकको नेप्सेले १३ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू.४१९ दशमलव ३८ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. ४७६ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ८२१ द्यशमलव ३८ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. १ हजार १० दशमलव ३० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
हिमालयन डिष्टीलरीको नेप्सेले ६० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २ हजार ५१८ दशमलव ७५ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. ४ हजार ३० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
गुँरास लघुवित्त वित्तीय संस्थाको नेप्सेले ४ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू.८०० दशमलव १९ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ८३२ दशमलव २० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।



















