GBIME

कालिञ्चोक दर्शनको आईपीओ भोलि बाँडफाँट हुने

1.24K
shares

काठमाडौं, १९ पुस । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ भोलि अर्थात बुधवार बाँडफाँट हुने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि बिक्री गरेको आईपीओ बाँडफाँट गर्न लागेको हो ।

पुस १८ गते नै प्रि–अलोटमेन्ट गरिसकेको यो आईपीओको अन्तिम बाँडफाँट भने पुस २० गते दिउँसो ३ः३० बजेका लागि तय भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको नारायणचौर नक्सालमा रहेको कार्यालयमा आईपीओको अन्तिम बाँडफाँट हुन लागेको छ ।

कम्पनीले गत मङ्सिर १४ गतेदेखि २८ गतेसम्म आईपीओ जारी गरेको थियो । कम्पनीले १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दामा र १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गरेको थियो ।

कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा गएका ६ हजार ६११ जना नेपालीले आवेदन दिएको विक्री प्रबन्धकको भनाइ छ । स्थानीयबाट १५ हजार ४०० जनाको आवेदन प्राप्त भएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासनमा छुट्याइएको १० प्रतिशत आरक्षण कालिञ्चोक दर्शनको आईपीओदेखि लागू भएको हो ।