GBIME

शेयर बजारमा सामान्य गिरावट, कारोबार भने ३ अर्ब बढी

942
shares

काठमाडौं, १९ पुस । शेयर बजार कारोबार हुने हप्ताको तेस्रो दिन शेयर बजार परिसूचकमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा शेयर बजार ३ दशमलव ०३ अंकले घटेको हो ।

अघिल्लो दिन १७ अंकले बढेको शेयर बजार परिसूचक घटे पनि कारोबार रकममा भने सुराधर आएको छ । अघिल्लो दिन २ अर्बभन्दा बढीको कारोबार भएको बजारमा मंगलबार ३ अर्ब बढीको कारोबार भएको हो । मंगलबार २५७ वटा कम्पनीको ८२ लाख २२ हजार ८३३ शेयर किनबेचबाट ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ ९२ पैसाको कारोबार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि मंगलबार ओरोलो लागेको छ । यो दिन सेन्सेटिभ भन्डेक्स शून्य दशमलव ३९ अंकले घटेर ३९४ दशमलव ६२ विन्दुमा पुगेको छ ।