Dhulikhel Eco Banner new

सर्वसाधारणले सास्ती पाए कर्मचारीलाई कारबाही गर्छु : प्रधानमन्त्री प्रचण्ड

4.13K
shares

काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कार्यालयमा सेवाग्राही सर्वसाधारणहरुलाई सहज रुपमा सेवा दिन मूख्य सचिव र सचिवहरुलाई निर्देशन दिएका छन् । सचिवहरुको रिर्पोिर्टङ सुनेपछि प्रधानमन्त्री प्रचण्डले सर्वसाधारणले सास्ती पाए आफू निर्मम बन्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफू जनताको काम गर्नका लागि प्रधानमन्त्री बनेको भन्दै यो वा त्यो बहानामा कर्मचारीहरुलाई काम नगर्ने छुट नभएको बताए । उनले पासपोर्ट तथा लाइसेन्स बनाउने ठाउँको लाइन कसरी हुन्छ सहज बनाउन पनि निर्देशन दिएका छन् ।

कर्मचारीहरुले जनताले वाही वाही भन्ने गरी काम गर्नु पर्ने उनले बताएका छन् ।