Dhulikhel Eco Banner new

समता र स्वरोजगार लघुवित्तले गरे मर्जरको सम्झौता

4.26K
shares

काठमाडौं, १९ पुस । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर सम्झौता गरेका छन् ।

यी दुई कम्पनीबीच पुस १८ गते मर्जरसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ७ मा रजिष्टर्ड कार्यालय रहेको समता घरेलु लघुवित्तको र बनेपा नगरपालिका वडा नम्बर ५ मा रजिष्टर्ड कार्यालय रहेको स्वरोजगार लघुवित्त एकआपसमा गाभिन लागेका हुन् ।

हाल समता घरेलु लघुवित्तको चुक्तापूँजी रू. ३४ करोड २७ लाख ४४ हजार छ भने स्वरोजगार लघुवित्तको चुक्तापूँजी रू. ५१ करोड ४० लाख ९९ हजार छ । कम्पनीले मर्जर सम्झौतासम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइटमार्फत गराएको हो ।