रामकुमारी झाक्री र मुकुन्द न्यौपानेलाई कारबाही गर्न माग
वि.सं.२०७९ पुस १९ मंगलवार १४:१४
shares

काठमाडौं, १९ पुस । नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) का दुई नेतालाई कारबाही गर्नु पर्ने आवाज उठेको छ । काठमाडौंमा जारी नेकपा एसको पोलिटब्यूरो बैठकमा झाक्री र न्यौपानेलाई कारबाही गर्नु पर्ने आवाज उठेको हो ।
नेकपा एमाले विभाजनमा निकै सक्रिय भूमिका खेलेकी झाक्रीलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सहरी विकास मन्त्री बनाएका थिए । पछि मन्त्रीबाट फिर्ता बोलाएपछि भने झाक्री रुष्ट बनेकी थिइन् । मन्त्री पद गएकै कारण रुष्ठ बनेकी झाक्रीले केपी ओली पक्षमा बोलेको आरोप लागेको छ । उता न्यौपानले पनि पछिल्लो समय पार्टीको नीीत विरुद्ध अभिव्यक्ति दिएको तथा तत्कालिन गठबन्धनकै विरुद्धमा भोट मागेको भन्दै दुबै नेतालाई कारबाही गर्नु पर्ने आवाज उठेको हो ।
मंगलबारदेखि सुरू भएको पोलिटब्युरो बैठकमा पार्टीका केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । बैठकमा सहभागी एक नेताका अनुसार १२० जना केन्द्रीय सदस्यलाई कारबाही गर्नुपर्ने माग समेत उठेको छ । केन्द्रीय सदस्य नै भोट हाल्न नगएको कारणथ्रेसहोल्ड कट्न नसकेको भन्दै उनीहरुलाई कारबाही गर्नुपर्ने माग उठेको हो ।



















