Dhulikhel Eco Banner new

मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

4.5K
shares

काठमाडौं, २० पुस । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गरेसँगै आज पुस २० गते अर्थात् बुधवारसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ ।

सभा अनुपम फुडल्याण्ड एण्ड ब्यांक्वेट बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको छ ।