GBIME

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन 

1.08K
shares

काठमाडौं, २१ पुस । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अर्थात बिहिबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सले भोली अर्थात पुस २२ गते बुकक्लोज गर्दैछन् ।

यस अनुसार नेप्सेमा कारोबार भइ कायम यी कम्पनीहरुका शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रिमियर इन्स्योरेन्सले लाभांश तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न पुस २९ गते, सिसारा रिसेप्सन भगवती वहाल नक्साल, काठमाडौंमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रायोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न माघ ६ गते दशौँ वार्षिक साधारण सभा डाकेको छ । लघुवित्तले क्राउन होटल हारती, विदुर नुवाकोटमा बिहान साढे ११ बजे शुरु हुनेछ ।